FAQs Complain Problems

खनियाबास गाउँपालिका स्थित सिचेत पोखरीको मनोरम दृश्य

Read More

खनियाबास गाउँपालिका वडा नं.१ उङ्गुलको मनमोहक दृश्य

Read More

खनियाबास गाउँपालिकाको वडा नं.४ घाम्सा को मनोरम प्राकृतिक दृश्य

Read More

खानियाबस वडा नं.५ बाट देखिने मनोरम दृश्य

Read More

खनियाबास गाउँपालिकामा निर्माण गरिएको पुल

Read More

खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्दाको बिशाल जनसहभागिता

Read More

खनियाबास गाउँपालिकाको थालगाउँ माथिको सौन्दर्यता

Read More

खनियाबास गाउँपालिकाको वडा नं. ५ को भित्रि सौन्दर्य

Read More

बिद्यालयबाट फर्किदै खानियाबास गाउँपालिका वडा नं.४ का साना भाई-बहिनिहरु

Read More

खनियाबास गाउँपालिकाबाट देखिने आँखु खोलाको सुन्दर दृश्य

Read More

खनियाबास गाउँपालिकाको वडा नं.५ थालगाउँको सुन्दर दृश्य

Read More

संक्षिप्त परिचय

खनियाबास गाउँपालिकाको परिचय:-

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित यस खनियाबास गाउँपालिका साविकका तिनओटा गाउँ विकास समितिहरु क्रमश: दार्खा, झार्लाङ र सत्यदेवी मिलेर बनेको हो । यस गाउँपालिकाको पुर्बमा नुवाकोट जिल्ला, पश्चिममा गंगाजमुना गाउँपालिका, उत्तरमा रुबिभ्याली गाउँपालिका तथा दक्षिणमा नेत्रावती गाउँपालिका र  नुवाकोट जिल्ला अवस्थित छन् ।

यस गाउँपालिकाको केन्द्र वडा नं.०४ स्थित दार्खामा रहेको छ, जून जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ३६ कि.मि. दुरीमा रहेको छ । खासगरि तामाङ समुदायको वाहुल्यता रहेको यस गाउँपालिकामा गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, नेवार, दमाई, कामि आदि जातजातिको समेत बसोबास रहेको पाईन्छ ।

भौगोलिक रुपमा अति दुर्गम तथा जटिल भू-बनोट भएता पनि यस गाउँपालिकामा जिल्ला सदरमुकाम धादिङबेसी देखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने गरि कच्ची सडक निर्माण भईसकेको साथै गाउँपालिकाको अधिकांस वस्तीहरु पुग्ने गरि कच्ची सडकको समेत निर्माण भईसकेको छ । बर्खायाममा केहि समय बन्द हुने यस गाउँपालिकाका सडकहरु अधिकांस समय चालु अवस्थामा रहन्छन ।

कुल १२०.८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाले धादिङ जिल्लाको ५.५२% भूभाग ओगटेको छ । २०६८ सालको जनगणना अनुसार १२,७४९ जनसंख्या रहेको यस गाउँपालिकामा २०७५ सालको घरधुरी सर्वेक्षण अनुसार १३,९२२ जनसंख्या पुगेको पाईन्छ । जसमध्ये २९०२ घरधुरी संख्या रहेको यस गाउँपालिकामा १५२ घरधुरी मात्रै गैर जनजाति रहेको छ ।

प्रशासनिक बिभाजन:-

  • प्रदेश:- बागमती प्रदेश
  • जिल्ला:- धादिङ
  • जिल्ला सदरमुकाम:- धादिङबेसी
  • गाउँपालिका केन्द्र:- खनियाबास गा.पा.-०४, दार्खा, चौकीटोल
  • जम्मा वडा:- ५ 

भाषा तथा धर्म संस्कृति:-

  • बोलिने मुख्य भाषाहरु :- नेपाली, तामाङ्ग, मगर आदि।
  • मुख्य धर्म हरु :- हिन्दु, बौद्ध, क्रिश्चियन आदि।
  • मुख्य जातजातिहरु :- तामाङ्ग, मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवार, दमाई, कामी आदि।
  • मुख्य चाडपर्ब र मेला :- ल्होसार, बुद्धजयन्ति, ख्रिस्टमस , वडादशैं, भाइटिका, तीज, होली, श्रीकृष्णा जन्म अष्टमी आदि।
  • जात्राहरु :- ल्होसार, हरिबोधनी एकादशी जात्रा आदि।

जन प्रतिनिधि

पदाधिकारी

नि.प्रमुख प्रशासकीय अधिकृत

सूचना अधिकारी सम्बन्धि जानकारी

खनियाबास गाउँपालिका सूचना अधिकारी:- 

  • नाम:- राजेश रिजाल
  • पद:- सूचना तथा प्रबिधि अधिकृत
  • सम्पर्क नम्बर:- ९८६५१८७४१५
  • मेल आइ.डी.:- ito.khaniyabasmun@gmail.com / rajeshrijal2245@gmail.com

 

Khaniyabas Rural Municipality :-

सेवाहरु

सेवा प्रकारः- बिबाह दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क तेसपछी रु २००
आवश्यक कागजातहरुः-

दुलाहा र दुलहीको फोटो

दुलाहा र दुलहीको नागरिकता

दुलाहा वा दुलही बाहिरको भय जन्म दर्ता

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क तेसपछी रु २००
आवश्यक कागजातहरुः-

मिर्तकको छोरा वा छोरी

मिर्तकको छोरा वा छोरीको नागरिकता

मिर्तकको नागरिकता

श्रीमान वा श्रीमतीको नागरिकता 

 

सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क तेसपछी रु २००
आवश्यक कागजातहरुः-

बुबा आमाको नागरिकता

बुबा र आमा मा एक जना

जानकारी