ताजा समाचार
आ.व.२०८३/०८४ को बजेट तथा कार्यक्रम प्रस्तुत सम्बन्धी केहि झलकहरु
खनियाबास गाउँपालिकाको आ.व.२०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रम यहि मिति २०८३ आषाढ ०९ गते पेश तथा आषाढ १० गते पारित गरिएको छ ।
खनियाबास गाउँपालिकाको जम्मा ४४ करोड २६ लाख ५४ हजार बराबरको बजेट पारित भएको हो ।
जसमा प्रदेश तथा संघबाट प्राप्त भएको समपुरक, बिशेष र शसर्त अनुदानको कार्यक्रम तथा वित्तीय हस्तान्तरण र राजश्व बांडफांडबाट आएको अनुमानित रकमको कार्यक्रम बिनियोजन गरिएको थियो ।
९ गते सम्पन्न खुल्लासत्रको कार्यक्रममा ज्येष्ठ नागरिक म्लङदुङ तामाङ (९६ वर्ष), कक्षा ८ को परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्र दोर्जे तामाङ (गणेशकुण्ड मा.वि.) र छात्रा अनु तामाङ (सिंगलादेवी मा.वि., झार्लाङ-०१) र SEE मा उत्कृष्ट अंक ल्याउन सफल छात्र दावा छिरीङ तामाङ (बच्छ्लादेवी मा.वि.) र छात्रा मोनिका तामाङ (बृचेत मा.वि.), गाउँपालिका अन्तर्गतका उत्कृष्ट कर्मचारीहरु (प्रशासन शाखा प्रमुख झलक लम्साल, खनियाबास ग्रामिण अस्पतालबाट एच ए अनिश पाठक, पशु शाखा प्रमुख अमृत लामा तामाङ, गाउँपालिका कार्यालय सहयोगी सरिता तामाङ र दिलमाया तामाङ तथा वडा नं.०१ का.स. एल.बि. तामाङ ) पनि सम्मान गरिएको थियो ।
साथै एस ई ई परिक्षामा गाउँपालिका भरी मै उत्कृष्ट नतिजा ल्याउन सफल गणेशकुण्ड मा.वि. (९२%) लाई पनि सम्मान गरिएको थियो ।
सो कार्यक्रममा गाउँपालिकाको बिषयगत भवन तथा स्टिल फ्रेम बिल्डिङ भएको जग्गादान गर्नुहुने जग्गादाताहरुलाई पनि सम्मान गरिएको थियो ।



















