FAQs Complain Problems

बारम्बार सोधिने प्रश्नहरु

​प्र.१:नेपाली नागरिकता प्राप्त गर्न पेश गर्नुपर्ने कागजात हरु के के हुन्?

      ऊ:>नेपाली नागरिकता प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन्।

                      प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)।

प्र.२:खनियाबास गाउँपालिका अन्य स्थान बाट जान कसरि  सकिन्छ? 

  ऊ:>नेपालको कुनै पनि स्थान बाट धादिंग बेसी जुनसुकै यातायात को माध्यम बाट पनि आउन सकिन्छ।धादिङ्ग बेसीको पुछार बजारबाट दार्खा लाग्ने यातायात को कुनै पनि साधन प्रयोग गरेर खनियाबास गाउँपालिका आउन सकिन्छ।तर बर्खा को बेला मा ३ देखि ४ महिना सडक बिग्रने भएकोले पैदल नै आउन पर्ने बाध्यता रहेको छ।सामान्य यातायात को साधन प्रयोग गरेर ३ देखि ४ घण्टा मा सजिलै आइपुग्न सकिन्छ भने पैदल आउन को लागि लगभग १ दिन पुरै लग्न सक्छ।बर्खाको ३ देखि ४ महिना बाहेक अरु समय भने यातायात को साधन सजिलै यहाँ पाउन सकिन्छ।

प्र.३:योजना सम्झौता को लागि आवश्यक पर्ने कागजातहरु के के हुन्?

   ऊ:>योजना सम्झौताको लागि आवश्यक पर्ने कागजातहरु:-

                    सम्झौताका लागि निबेदन, उपभोक्ता समिति गठन गरेको माइन्युटको प्रतिलिपि, अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि, उपभोक्ता समितिको पदाधिकारीको नेपाली नागरिकताको प्रतिलिपि, लागत अनुमानको कागजात (प्राबिधिक इस्टिमेट), वडा कार्यालयको सिफारिश, सिफारिश दस्तुर तिरेको नगदी रसिद - अनुसूची ९

प्र.४:योजना भुक्तानी प्राप्त गर्न आवश्यक पर्ने कागजातहरु के के हुन्?

    ऊ:>योजना भुक्तानीको लागि आवश्यक पर्ने कागजातहरु:-

                भुक्तानीको लागि निबेदन, सम्झौता बखतको सम्पूर्ण कागजातहरु, मुल्यांकन प्रतिबेदन - कार्यसम्पन्न प्राबिधिक प्रतिबेदन, उपभोक्ता समितिले गठन गरेको अनुगमन समितिको प्रतिबेदन, सामाजिक लेखा परिक्षण, उपभोक्ता समितिको कार्यसम्पन्नको माइन्युटको प्रतिलिपि, गाउँपालिकाको अनुगमन समितिको प्रतिबेदन, आवश्यक विल, भरपाईहरु,  योजनाको फोटोहरु (सुरुको, बिचको र कार्य सम्पन्न भएपछिको)