ताजा समाचार
MOU signing
नेपालकाे बागमती प्रदेश स्थित धादिंङ जिल्लाको खनियाबास गाउँपालिका र थाईल्याण्डको Khlong Sam Subdistrict Administrative Organization बिच शिक्षा क्षेत्रकाे बिकास र अन्य आपसी हितका विषयमा समन्वय र सहकार्यको लागि आज मिति २०८१ साल श्रावण १ गते मंगलवार तदनुसार 16 July 2024 का दिन थाईल्याण्डको पथुमथानी मा द्विपक्षिय सम्झौता सम्पन्न भएको छ । नेपालको तर्फबाट बागमती प्रदेश साँसद माननीय सुष्पा भुजेल न्यौपाने तथा थाईल्याण्डको तर्फबाट พระถาวร วรรณพงษ์ श्रद्धेय भिक्षु थावन थावोरो भन्तेज्यूको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा खनियाबास गाउँपालिकाको तर्फबाट अध्यक्ष श्री रण बहादुर तामांङ हस्ताक्षर गर्नु भयो भने थाईल्याण्डको स्थानिय तह ख्लोङ सामको तर्फबाट प्रमुख कार्यकारी एशोसिएट प्रोफेसर डा. विरासाक हाड्डाज्यूले हस्ताक्षर गर्नु भयो । साथै उक्त अवसरमा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्कमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ, मियामी कन्सल्टिङ सर्भिसेजका कार्यकारी निर्देशक राकेश महर्जन लगायतको प्रतिनिधी मण्डल साथमा थिए । सम्पन्न द्विपक्षीय सम्झौता मार्फत खनियाबास गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, बिकास र नैतिक शिक्षा प्रवर्धनमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने बिश्वास लिईएको ।