FAQs Complain Problems

ग्यालरी

  • यहि मिति २०७६ साल पौष २२ गते (7 January 2020) का दिन सामाजिक अभिवृद्धिका लागि तयार गरिएका केहि मस्यौदा कार्यविधिका बारेमा छलफल कार्यक्रम संचालन भयो।

    कार्यक्रमको संचालन उमङ्ग मैनाली : बिहानी परियोजनाका सुशासन बिज्ञ द्वारा भएको थियो।

    गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङद्वारा कार्यक्रमको अध्यक्षता गरिएको थियो।

    उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ द्वारा स्वागत मन्तब्य दियिएको थियो।

    कर्यबिधिहरुको प्रस्तुति गोगो फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले गर्नु भएको थियो।

    मिति: 01/09/2020 - 13:42
    , , , , , , , , , , , ,
  • खनियाबास वडा नं. ३ मा  चर्च उद्घाटन समारोह सम्पन्न भयो।

    समारोहमा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, उपाध्यक्ष यो माया तामाङ, वडा नं. ३ अध्यक्ष हरि लाल तामाङ उपस्थित हुनुभएको थियो।

    मिति: 01/03/2020 - 12:12
    , , , , , , , , , , , ,
  • यहि मिति २०७६ साल पौष १४ गते खनियाबास गाउँपालिका बिषयगत शाखा भवन निर्माण उपभोक्ता समितिको सार्बजनिक परिक्षण कार्यक्रम सम्पन्न भयो।

    उक्त कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष श्री प्रेम बहादुर गुरुङ को सभापतित्वमा तथा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ ज्यु को प्रमुख अतिथ्य मा सम्पन्न भएको थियो।

    मिति: 12/31/2019 - 16:15
    , , , , , , , , , , ,
  • यहि मिति २०७६ साल मंसिर २९ गते नेपाल-भारत आदिवासी जनजाती मैत्री संघको आयोजनामा "नेपाल भुमि सिमाना विवाद बिषय अन्तरक्रिया कार्यक्रम-२०७६" सम्पन्न भयो ।

    यस खनियाबास गाउँपालिकाबाट गाउँ पालिका अध्यक्ष रण बहादुर तामांग द्वारा सहभागिता जनाउनु भएको थियो।

    कार्यक्रम भएको मिति र स्थान:-

    • मिति:-२०७६ साल मंसिर २९ गते आइतबार 
    • स्थान:-काठमाडौँ

     

    उक्त कार्यक्रमका झलकहरु यसै साथ संग्लग्न गरिएको छ।

    मिति: 12/15/2019 - 16:22
    , , ,
  • यहि मिति मंसिर २६ गते गाउँपालिका स्तरीय बार्षिक समिक्षा गोष्ठी सम्पन्न भयो।

    कार्यक्रम भएको स्थान र मिति:-

    • स्थान:- खनियाबास-४, शान्ति नेपाल भवन
    • मिति:- २०७६ साल मंसिर २६ गते बिहिबार 

    आयोजक:- शान्ति  नेपाल, धादिंग

     

    उक्त कार्यक्रमको झलकहरु यसै साथ संलग्न गरिएको छ।

    मिति: 12/15/2019 - 12:10
    , , , ,
  • यहि मिति २०७६/०८/२५ गतेको दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको सहयोगमा जिल्ला प्रहरी कार्यालय धादिंग मातहत इलाका प्रहरी कार्यालय दार्खा धादिंग परिसरमा नव निर्मित कार्यालय/ब्यारेक, मेश तथा शौचालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भयो।

    कार्यक्रम भएको स्थान र मिति :-

    • स्थान:- खानियाबास गाउँपालिका, वडा नं.४, दार्खा, चौकी टोल
    • मिति:- २०७६ मंसिर २५ गते बुधबार

     

    उक्त कार्यक्रमको झलकहरु यसै साथ संलग्न गरिएको छ।

    मिति: 12/15/2019 - 12:03
    , , , , , , , , , , , , ,
  • आँखु खोला द्वारा चिउरिबोट र नेत्रावती-३ जोड्ने झोलुङ्गे पुल निर्माणको लागि पूर्व-अध्धयन कार्य सम्पन्न भयो।

    सस्पेन्सन ब्रिज डिभिजन को सहयोगमा बन्न लागेको उक्त पुलको पुर्ब-अध्धयन गरेर अनुसन्धान डिभिजन कार्यालयमा पथौन लागिएको हो।

    उक्त पुलको निर्माणले खनियाबास गाउँपालिका तथा नेत्रावती गाउँपालिकाका धेरै घरधुरीलाई लामो बाटो तथा खोला तरेर आउनु पर्ने बाध्यता कम हुने आशा गरिएको छ।

     

    सर्भे भएको स्थान, समय र मिति:

     

    मिति: 11/15/2019 - 17:04
    , , , , , , , ,
  • पुर्णिमा परियोजना अन्तर्गत " WFP " को प्राबिधिक सहयोगमा निर्माण हुन गैरहेको खानियाबास गा.पा वडा नं.४ र ५ अन्तर्गत बिसन चौतारी देखि बच्छ्ला सम्मको पद मार्ग निर्माण तथा उक्त पदमार्ग अन्तर्गत महभिरमा झोलुङ्गे पूल निर्माणका लागि प्राबिधिक "Field Survey " को काम सम्पन्न गरियो।

    उक्त " Field  Survey " को दौरानमा गाउँपालिका अध्यक्ष ज्यु द्वारा पनि अनुगमन भएको थियो।

    मिति: 11/08/2019 - 13:58
    , , , , , , , , , , ,
  • यस खानियाबस गाउँपालिका तथा साबिक सत्यदेवी गा.बि.स. मा १९ वर्ष देखि स्वास्थ्य संयोजक को रुपमा सेवा दिदै आउनु भएका स्वास्थ्य संयोजक पूर्णध्वज श्रेष्ठ ज्युको बिदाई कार्यक्रम सम्पन्न भयो।
    उक्त बिदाई कार्यक्रममा खनियाबास गाउँपालिकाको उप स्वास्थ्य संयोजक आइत ब. गोम्जा द्वारा बिदाई भाषणको साथ उद्घाटन भएको थियो।

    कार्यक्रम भएको स्थान, मिति र समय:-

    • स्थान:-खनियाबास गाउँपालिकाको कार्यालय, दार्खा, चौकी टोल 
    • मिति:-२०७६ साल कार्तिक महिनाको १७ गते
    • समय:-साँझको ५ बजे

     

    मिति: 11/04/2019 - 13:07
    अध्यक्ष ज्यु तथा उपाध्यक्ष ज्यु, प्रमुख प्रशासकीय अधिकृत ज्यु तथा शैक्षिक प्राबिधिक ज्यु, , , अध्यक्ष ज्यु द्वारा बिदाई मन्तब्य दियिदै, , , , , , , , , ,
  • खानियाबास गाउँपालिका उपाध्यक्ष यो माया तामाङ्गको अध्यक्षतामा बिहानी परियोजना द्वारा आयोजित 
     "जोखिमयुक्त समुदायको संकलित तथ्यगत विवरणको पालिका स्तरिय जानकारी गोष्ठी" कार्यक्रम सपन्न भयो।
    गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ्ग को प्रमुख अतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङको अतिथ्यतामा कार्यक्रम संचालन भएको थियो।
    उक्त कार्यक्रममा "Mott Macdonald / Purnima " का डेपुटी टिम लिडर Sarah Watson , योजना सल्लहाकार शेखर कार्की तथा DCA र RIMS का प्रतिनिधि हरु समेतको सहभागिता रहेको थियो।

    मिति: 09/29/2019 - 16:26
    , , , , , , , , , ,

Pages