ताजा समाचार
स्थानीय सरकार स्ंस्थागत स्व-मूल्याङ्कन (LISA) कार्यक्रम गोष्ठी
खनियाबास गाउँपालिका, दार्खा धादिङको स्थानीय सरकार स्ंस्थागत स्व-मूल्याङ्कन (LISA) कार्यक्रम गोष्ठी येही मिति २०७६ साल माघ १२ देखि १६ गते सम्म सम्पन्न भयो।
उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष तथा अन्य सरोकार वाला व्यक्तिहरुको उपस्थीतीमा सम्पन्न भयो।
पालिकाको समग्र अवस्था, प्रक्रियागत अवस्था तथा परिणात्मक अवस्थाको विभिन्न सुचकको हरुको आधारमा निर्धारित अंकभार सहित संस्थागत क्षमताको अवस्था मापन गरिएको थियो।
जस्मा समग्र अवस्थाले २०%, प्रक्रियागत अवस्थाले ३५% तथा परिणात्मक अवस्थाले ४५% अंकभार बोकेको थियो।
पुर्णिमा कार्यक्रमको प्राबिधिक सहयोग तथा खनियाबास गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
खनियाबास गाउँपालिकाको नतिजाको बारेमा जान्नको लागि तल रहेको लिंकमा गई हेर्न सक्नु हुन्छ।
उक्त लिंकमा गएर न.पा/गा.पा. सेलेक्ट गरेपछि सम्पूर्ण स्थानीय तहको नतिजा हेर्न सक्नुहुन्छ।
लिंक :- '' http://lisa.mofaga.gov.np/#/home"
उक्त कार्यक्रमका केहि झलकहरु यसै साथ संग्लग्न गरिएको छ।