ताजा समाचार
स्थानिय उर्जा विकास सम्वन्धी निर्देशिका
स्थानीय सरकार संचालन ऐन , २०७४ को परिच्छेद ३ दफा ११ को उपदफा २ खण्ड (ध) को बुंदा नं. ३ को कार्यान्वयन सहजीकरणका लागि स्थानीय निकायबाट १ मेगावाट (१००० किलोवाट) भन्दा कम क्षमताका आयोजनाको सर्वेक्षण, उत्पादन, प्रशारण एबं वितरणको अनुमति पत्र जारी गर्ने उद्दश्यले यो निर्देशिका तयार गरि जारी गरिएको हो ।
यस डकुमेन्ट अन्तर्गत जलबिद्धुत सर्वेक्षण अनुमतिपत्रको म्याद थप्न (नवीकरण) को दरखास्तका साथ पेश गर्नुपर्ने विवरणहरु:-
- आयोजना सम्बन्धि संक्षिप्त विवरण
- हालसम्म सम्पन्न भएको मुख्य कार्यहरुको संक्षिप्त विवरण
- कार्य सुरु मात्र गरिएको वा शुरु नै नभएको अवस्थामा फारममा रहेको प्रतिशतको महलमा सोहि बमोजिम जनाउने
- बाताबरणीय अध्धयन लगायत अन्य कार्यमा हालसम्म सम्पन्न प्रगतिको विवरण
- पछिल्लो वर्षा सम्पन्न भएको मुख्य कार्यहरुको विवरण
- आगामी वर्ष गरिने कार्यहरुको कार्य तालिका
- कार्य तालिका ms project , prima vera वा येस्तै स्तरका software बाट तयार गरि संलग्न गर्न सकिने छ। तथापी डकुमेन्ट मा रहेको तालिका पूर्ण रुपमा भर्नु पर्नेछ।
साथ-साथै,, :-
बिधुत उत्पादन, प्रशारण वा वितरणको सर्वेक्षणको अनुमति पत्र तथा बिधुत उत्पादन प्रशारण वा वितरणको अनुमति पत्र जारी गर्ने वा संसोधन गर्ने वा नबिकरण गर्ने वा खारेज गर्ने कम कारबाहीलाइ ब्यबस्थित बनाउनको लागि स्थानिय उर्जा विकास सम्वन्धी निर्देशिका तयार गरिएको छ।