ताजा समाचार
" डेंगु रोगको बारेमा खनियाबास गाउँपालिकाको अनुरोध !!! "
डेंगु रोग एडीस एजेप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो।
निम्न लक्षण हरु देखिएमा नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
- ज्वरो आउने
- टाउको दुख्ने
- आँखाको गेडी दुख्ने
- मांसपेशी तथा जोर्नी दुख्ने
- शरीरमा डाबर आउने
- खानामा अरुचि हुने
- पेट गडबडी हुने
यस रोगबाट जोगिने उपाय निम्न छन्।
- पुरै शरीर ढाकिने गरि कपडा लगाउने
- झुल लगाएर सुत्ने
- घर ओरिपरि सफा राख्ने
- घर ओरिपरि रहेका खाल्डा-खुल्डी पुर्ने तथा फालिएको भाडा-कुँडामा पानी जम्न नदिने
- पानी टंकी, ड्रम, गाग्री, बाल्टी सधै छोपेर राख्ने
रोग लागे पछि उपचार गर्नु भन्दा रोग लग्न नदिनुनै बेस !!!