ताजा समाचार
खनियाबास ग्रामिण अस्पताल, दार्खामा ग्रामिण आँखा क्लिनिक खनियाबासको उद्घाटन कार्यक्रम
यहि मिति २०७८ साल मङ्सिर २७ गते खनियाबास ग्रामिण अस्पताल, दार्खामा ग्रामिण आँखा क्लिनिक खनियाबासको उद्घाटन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय प्रमुख श्री जगन्नाथ नेपालको आतिथ्यता रहेको थियो । यस ग्रामिण आँखा अस्पतालमा सामान्य आँखा परिक्षण देखि सामान्य नेत्र शल्यक्रिया सम्मको उपचार हुन्छ ।