ताजा समाचार
अन्तरास्ट्रिय योग दिवसको अवसरमा खनियाबास गाउँपालिकाले आयोजना गरेको योग कार्यक्रम
योग शारीरिक, मानसिक तथा अध्यात्मिक अभ्यास हो।
june 21 मा अन्तरास्ट्रिय योग दिवसको अवसरमा खनियाबास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद गुरुङ्गको संयोजकत्वमा "योग दिवस कार्यक्रम, २०७६" सम्पन्न भयो।
दार्खा प्रहरी चौकीका प्रहरी इन्चार्ज श्री शक्ति लामा तथा खनियाबास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद गुरुङ को प्रशिक्षणमा उक्त कार्यक्रम भव्यताका साथ् सम्पन्न भयो।
कार्यक्रममा विभिन्न आसन हरु जस्तै "कपालभाँती", "सिम्हासन", "शिशुआसना", "पद्माआसना", "चक्रासना" आदि जस्ता आसनहरु सिकाईयो।
योग दिवस सन् 2015 june 21 देखि बार्षिक रुपमा बिश्वभरि मनाईन्छ।
UN को साधारण सभा द्वारा एकमतमा june 21 लाइ अन्तरास्ट्रिय योग दिवस को रुपमा घोसणा गरिएको थियो।
योगको उत्पति भारतबाट भएको मानिन्छ।
उक्त "योग दिवस कार्यक्रम, २०७६" कार्यक्रमका झलकहरु यस संगै संलग्न गरिएको छ।