FAQs Complain Problems

ग्यालरी

  • खनियाबास गाउँपालिका र पुर्णिमा बिहानी परियोजना द्वारा आयोजित बहुसरोकारवाला छलफल कार्यक्रम यहि मिति २०७७ साल पौष १३ गते सम्पन्न भयो।

    कार्यक्रमका प्रमुख अतिथ्यता गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ  तथा सभापतित्व गाउँपालिका उपाध्यक्ष यो माया तामाङ द्वारा गर्नु भएको थियो।

     

    मिति: 01/03/2021 - 12:41
    , , , , , , , , ,
  • यहि मिति २०७७ साल पौष २ गते बच्छलादेवी मा.वि. खनियाबास-५ धादिङको ४६ औं बार्षिकोत्सब तथा अभिभावक भेला भू.पु. कानुन राज्यमन्त्री दिलमान पाख्रिन ज्युको अतिथ्यता तथा भू.पु. पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङ ज्युको बिशिष्ट अतिथ्यता र खनियाबास गा पा अध्यक्ष रङ बहादुर तामाङ ज्यु र उपाध्यक्ष यो माया तामाङ ज्युको बिशेष अतिथ्यतामा सम्पन्न भएकोमा उक्त कार्यक्रममा निलकण्ठ कलेज धादिङको सहकार्य तथा गा.पा.को आर्थिक सहयोगमा भर्चुअल कलेज कक्षा उद्घाटन सम्पन्न भयो।

    उक्त भर्चुअल कलेजमा अहिलेको लागि ब्याचलर पहिलो बर्षका कक्षाका लागि भर्ना संचालन गरिएको छ।

    मिति: 12/20/2020 - 12:30
    , , , , , , , , , ,
  • खनियाबास गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ। पौष १ गते खनियाबास वडा नं.१ र २ को लागि २ नं. वडा कार्यालय झार्लाङमा र वडा नं.३,४ र ५ का लागि पौष ३ गते खनियाबास गाउँपालिकाको कार्यालयमा परिचय पत्र वितरण शिबिर संचालन गरि १६६ जना लाइ परिचय पत्र वितरण गरिएको थियो।

     

     

    मिति: 12/20/2020 - 10:37
    , , , , , , , , , , , , , , , , , , ,
  • खनियाबास गाउँपालिका र नेपाल युथ फाउन्डेसन, ओल्गापुरी भोक्यसनल स्कुल, ललितपुरको संयुक्त आयोजनामा मिति २०७७/०८/२१ गते यस खनियाबास गाउँपालिकाका अध्यक्ष श्री रण बहादुर तामाङको प्रमुख अतिथ्यतामा " ३ महिने इलेक्ट्रिकल तथा कार्पेन्ट्री तालिम " समुद्घाटन भयो। उक्त कार्यक्रम बच्छला देवी मा.वि. खनियाबास-५ सत्यदेविमा संचालन भएको थियो। उक्त तालिममा इलेक्ट्रिकलमा २५ जना तथा कार्पेन्ट्रीमा २५ जना सहभागीहरु रहेका छन। उक्त दुवै तालिममा खनियाबास वडा नं.

    मिति: 12/07/2020 - 12:11
    , , , , , , , , , , ,
  • यहि मिति २०७७ साल मङ्सिर १५ गते खनियाबास ग्रामिण अस्पताल समुद्घाटन कार्यक्रम सम्पन्न भयो।

    उक्त  कार्यक्रमको प्रमुख अतिथि दिलमान तामाङ तथा बिशेष अतिथि पर्शुराम तामाङ रहनु भएको थियो।

    उक्त कार्यक्रम धादिङ जिल्लाका विभिन्न विशिष्ट अतिथि तथा पालिकाका सम्पूर्ण सरोकारवालाहरुको संलग्नतामा भव्यताका साथ् सम्पन्न भएको थियो।

    कार्यक्रम भएको स्थान, समय र मिति:-

    मिति: 12/01/2020 - 15:53
    , , , , , , , , , , ,
  • यहि मिति २०७ साल मङ्सीर १३ गते शनिबार खनियाबास गाउँपालिका प्रांगणमा 'खनियाबास गाउँपालिकाबाट प्रबाह हुने सेवा,बस्तु तथा बिकाश निर्माणको प्रभाबकारीता बिषयक सार्बजनिक सुनुवाई' कार्यक्रम संचालन भयो।

    उक्त कार्यक्रम खनियाबास गाउँपालिकाको आयोजना तथा पुर्णिमा-बिहानी परियोजनाको सहकार्यमा सम्पन्न भएको थियो।

    मिति: 12/01/2020 - 11:20
    , , , , , , , , , , ,
  •  

    मिति: 11/27/2020 - 14:46
    , , ,
  • खनियाबास गाउँपालिकामा मिति २०७७ साल अशोज १७, २४, २५ तथा ३० गते भएको विभिन्न परिक्षाहरुबाट सफल भएका विभिन्न उम्मेदवारहरुको कर्मचारी नियुक्ति कार्यक्रम सम्पन्न भयो।

    कार्यक्रम भएको स्थान, समय र मिति:-

    • स्थान:-खनियाबास गाउँपालिकाको कार्यालय, चौकी टोल, दार्खा, धादिङ।
    • समय:- बेलुकाको ५ बजे।
    • मिति:-२०७७ साल कार्तिक १६ गते।
    मिति: 11/03/2020 - 14:45
    , , , , , , , , , , , , , , , , , , ,
  • यहि मिति २०७६ साल फाल्गुन १४ गते खनियाबास गा.पा. को कार्यालयमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम (JESI  AUDIT) संचालन भयो।

    उक्त कार्यक्रममा गा.पा. को लैंगिक समानता तथा सामाजिक समाबेशीकरणको हालको अवस्था तथा सुधार गर्नको लागि चल्नु पर्ने कदम हरु बारे छलफल भएको थियो।

    यस गा.पा. का उपाध्यक्ष यो माया तामाङ को सभापतित्वमा मा सपन्न उक्त कार्यक्रममा यस पालिकाको 'लैंगिक समानता तत्थ सामाजिक समाबेशीकरण' को "SWOT ANALYSIS" पनि भएको थियो।

    SWOT ANALYSIS=>

    मिति: 02/27/2020 - 13:11
    , , , , , ,
  • खनियाबास गाउँपालिका, दार्खा धादिङको स्थानीय सरकार स्ंस्थागत स्व-मूल्याङ्कन (LISA) कार्यक्रम गोष्ठी येही मिति २०७६ साल माघ १२ देखि १६ गते सम्म सम्पन्न भयो।

    उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष तथा अन्य सरोकार वाला व्यक्तिहरुको उपस्थीतीमा सम्पन्न भयो।

    पालिकाको समग्र अवस्था, प्रक्रियागत अवस्था तथा परिणात्मक अवस्थाको विभिन्न सुचकको हरुको आधारमा निर्धारित अंकभार सहित संस्थागत क्षमताको अवस्था मापन गरिएको थियो।

    जस्मा समग्र अवस्थाले २०%, प्रक्रियागत अवस्थाले ३५% तथा परिणात्मक अवस्थाले ४५% अंकभार बोकेको थियो।

    मिति: 02/07/2020 - 14:21
    , , , , , , , , , , , , , , , , , , ,

Pages