संक्षिप्त परिचय

खानियाबस गा.पा. नक्सा,वडा अनुसार

खनियाबास गाउँपालिका धादिंगका साबिकका तिनवटा गाउँ बिकाश समितिहरु दार्खा, सत्यदेवी र झर्लाङ्ग मिलेर बनेको हो | धादिंग जिल्ला को उतरी क्षेत्रमा अवस्थित यस गाउँपालिका आर्थिक, सामाजिक तथा भौतिक पुर्बधारको दृस्टीकोणबाट धेरै नै पछाडी परेको छ| खास गरि तामाङ बाहुल्यता रहेका यो गाउँ पालिका पुग्न सदरमुकाम धादिंग बेसी देखि गाउँपालिकाको केन्द्र सम्म पुग्ने गरि कच्ची सडकको निर्माण भइसकेको छ तर वर्षायाममा भने यो सडक अधिकांस समय बन्द हुने गर्दछ |

धादिंग बेसी सदरमुकाम बाट २ देखि ३ घण्टामा गाउँ पालिका कार्यालय पुग्न सकिन्छ।

कुल भौगोलिक छेत्रफल १२०.८ वर्ग कि.मि. ओगटेको यस गाउँ पालिकाले धादिंग जिल्लाको कुल क्षेत्रफलको जम्मा ५.५२ प्रतिशत भूभाग ओगटेको छ भने २०६८ साल को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या १२७४९ रहेको थियो भने २०७५ साल को घर धुरी अनुसार यसको जनसंख्या १३९२२ पुगेको छ | जस मध्ये महिलाको संख्या ६७५५ र पुरुषको संख्या ७१६७ देखिन्छ |

यस गाउँपालिकामा जम्मा ५ ओटा वडा रहेका छन्। जस मध्ये पुरानो सत्यदेवी गा.बि.स. ले वडा नं ५ पुरा ओगटेको छ भने पुरानो झार्लांग र दार्खा गा. बि. स. ले वडा नं.१/वडा नं.२  र  वडा नं.३/वडा नं.४ वडा क्रमश ओगटेका छन्।