FAQs Complain Problems

संक्षिप्त परिचय

खानियाबस गा.पा. नक्सा,वडा अनुसार

खनियाबास गाउँपालिकाको परिचय:-

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित यस खनियाबास गाउँपालिका साविकका तिनओटा गाउँ विकास समितिहरु क्रमश: दार्खा, झार्लाङ र सत्यदेवी मिलेर बनेको हो । यस गाउँपालिकाको पुर्बमा नुवाकोट जिल्ला, पश्चिममा गंगाजमुना गाउँपालिका, उत्तरमा रुबिभ्याली गाउँपालिका तथा दक्षिणमा नेत्रावती गाउँपालिका र  नुवाकोट जिल्ला अवस्थित छन् ।

यस गाउँपालिकाको केन्द्र वडा नं.०४ स्थित दार्खामा रहेको छ, जून जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ३६ कि.मि. दुरीमा रहेको छ । खासगरि तामाङ समुदायको वाहुल्यता रहेको यस गाउँपालिकामा गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, नेवार, दमाई, कामि आदि जातजातिको समेत बसोबास रहेको पाईन्छ ।

भौगोलिक रुपमा अति दुर्गम तथा जटिल भू-बनोट भएता पनि यस गाउँपालिकामा जिल्ला सदरमुकाम धादिङबेसी देखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने गरि कच्ची सडक निर्माण भईसकेको साथै गाउँपालिकाको अधिकांस वस्तीहरु पुग्ने गरि कच्ची सडकको समेत निर्माण भईसकेको छ । बर्खायाममा केहि समय बन्द हुने यस गाउँपालिकाका सडकहरु अधिकांस समय चालु अवस्थामा रहन्छन ।

कुल १२०.८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाले धादिङ जिल्लाको ५.५२% भूभाग ओगटेको छ । २०६८ सालको जनगणना अनुसार १२,७४९ जनसंख्या रहेको यस गाउँपालिकामा २०७५ सालको घरधुरी सर्वेक्षण अनुसार १३,९२२ जनसंख्या पुगेको पाईन्छ । जसमध्ये २९०२ घरधुरी संख्या रहेको यस गाउँपालिकामा १५२ घरधुरी मात्रै गैर जनजाति रहेको छ ।

प्रशासनिक बिभाजन:-

  • प्रदेश:- बागमती प्रदेश
  • जिल्ला:- धादिङ
  • जिल्ला सदरमुकाम:- धादिङबेसी
  • गाउँपालिका केन्द्र:- खनियाबास गा.पा.-०४, दार्खा, चौकीटोल
  • जम्मा वडा:- ५ 

भाषा तथा धर्म संस्कृति:-

  • बोलिने मुख्य भाषाहरु :- नेपाली, तामाङ्ग, मगर आदि।
  • मुख्य धर्म हरु :- हिन्दु, बौद्ध, क्रिश्चियन आदि।
  • मुख्य जातजातिहरु :- तामाङ्ग, मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवार, दमाई, कामी आदि।
  • मुख्य चाडपर्ब र मेला :- ल्होसार, बुद्धजयन्ति, ख्रिस्टमस , वडादशैं, भाइटिका, तीज, होली, श्रीकृष्णा जन्म अष्टमी आदि।
  • जात्राहरु :- ल्होसार, हरिबोधनी एकादशी जात्रा आदि।

 

पालिका जनप्रतिनिधि प्रोफाइल:-

  • गाउँपालिका अध्यक्ष
    • नाम: रण बहादुर तामाङ
    • फोन नं.: ९८५१०४०७५६
  • गाउँपालिका उपाध्यक्ष
    • नाम: सेक्केमान तामाङ
    • फोन नं.:९८४१६४३५७३ 
  • वडा अन्तर्गत पालिका प्रोफाइल
    • वडा नं.१
      • वडा अध्यक्ष
        • नाम: सोनाम बहादुर तामाङ 
        • फोन नं.: ९८४३७९४१२४ 
      • वडा सदस्य
        • नाम: मिन लामा तामाङ
        • फोन नं.: ९८४९६३५०४९
      • वडा सदस्य
        • नाम:  पोड्यालामा तामाङ
        • फोन नं.: ९८६९२४३०७९
      • वडा महिला सदस्य
        • नाम: फ्लिक्च तामाङ्नी
        • फोन नं.: ९८४०१०६६३६
      • वडा महीला दलित सदस्य
        • नाम: तेल  माया विश्वकर्मा
        • फोन नं.: ९८९८४३७०७८९८
    • वडा नं.२
      • वडा अध्यक्ष
        • नाम: अरुण कुमार पाख्रिन
        • फोन नं.: ९७४९७०९०९२
      • वडा सदस्य
        • नाम: बुध लाल तामाङ
        • फोन नं.: ९८४०१८३९२३
      • वडा सदस्य
        • नाम: सिमोन तामाङ
        • फोन नं.: ९७४२९१८७०८
      • वडा महिला सदस्य
        • नाम: सुकमाया तामाङ
        • फोन नं.: ९८६१०७३२७०
      • वडा महिला दलित सदस्य
        • नाम: फुलमाया विश्वकर्मा
        • फोन नं.: ९७४९७०९०९२
    • वडा नं.३
      • वडा अध्यक्ष
        • नाम: कमान सिंह तामाङ
        • फोन नं.: ९८४०३८६८८८
      • वडा सदस्य
        • नाम: सुक बहादुर तामाङ
        • फोन नं.: ९८४९५७७०४२
      • वडा सदस्य
        • नाम: सुर्य बहादुर तामाङ
        • फोन नं.: ९८४००२६७४५
      • वडा महिला सदस्य
        • नाम: रोशनी तामाङ
        • फोन नं.: ९८४८८३२८४३
      • वडा महिला दलित सदस्य
        • नाम: संगीता वि.क.
        • फोन नं.: ९८६६५५६९६६
    • वडा नं.४
      • वडा अध्यक्ष
        • नाम: लिलामान तामाङ
        • फोन नं.: ९८९८६०१६६४३२
      • वडा सदस्य
        • नाम: प्रताप बहादुर तामाङ
        • फोन नं.: ९८६१९३९३७१
      • वडा सदस्य
        • नाम: मनोज तामाङ
        • फोन नं.: ९८४३८४९८८२
      • वडा महिला सदस्य
        • नाम: विष्णु माया गुरुङ
        • फोन नं.: ९८४०७०६७३६
      • वडा महिला दलित सदस्य
        • नाम: विमला नेपाली
        • फोन नं.: ९८६०१०७७७०
    • वडा नं.५
      • वडा अध्यक्ष
        • नाम: रविन कुमार तामाङ
        • फोन नं.: ९८६१३०७९५४
      • वडा सदस्य
        • नाम: रविन्द्र जंग विजय तारा तामाङ
        • फोन नं.: ९८४१९७२७२२
      • वडा सदस्य
        • नाम: सुक बहादुर तामाङ
        • फोन नं.: ९८६१८१७७३०
      • वडा महिला सदस्य
        • नाम: रण माया गुरुङ
        • फोन नं.: ९७४१८३५८०८
      • वडा महिला दलित सदस्य
        • नाम: माया बि.क.
        • फोन नं.: ९७४५३०५४७६

भौगोलिक बिशेषता:-

 

  • देशान्तर:-२८.०५४४४४
    
  • अक्षांश:-८४.९८५५५६
  • उचाई :- १०३० मिटर