FAQs Complain Problems

जन्मको सूचना फाराम - खनियाबास गाँउपालिका

खनियाबास गाँउपालिकाको लागि  जन्मको सूचना फाराम  को ढांचा यस प्रकार रहेको छ।

यस नमुना फारम अनुसार जन्म दर्ता गर्दा भर्नुपर्ने विवरणहरु:-

सूचकले भर्ने:-

  • नवजात शिशुको विवरण
    • पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
    • जन्म मिति (वि.सं. तथा ई.सं. दुबैमा)
    • शिशु जन्मेको स्थान
      • घर, स्वास्थ्य-संस्था, अस्पताल या अन्य
    • शिशु जन्मेको पूर्ण ठेगाना
    • नेपालमा जन्मेको भए
      • प्रदेश, गा.पा., वडा नं.
    • बिदेशमा जन्मेको भए (नेपाली र अंग्रेजी दुबैमा)
      • देश, प्रदेश र स्थानीय ठेगाना
    • जन्मको किसिम
      • एकल, जुम्ल्याहा, तिम्ल्याहा वा सो भन्दा बढी
    • शिशु जन्मदाको तौल
      • थाहा भएको (ग्राममा) या थाहा नभएको
    • शिशु जन्मदा मद्दत गर्ने व्यक्ति
      • डाक्टर, नर्स/अनमि, परम्परागत सुडिनी, तालिमप्राप्त सुडिनी, घरपरिवारका सदस्य, अन्य भए (खुलाउने)
    • अपांगता भएमा (खुलाउने)
    • नवजात शिशुको बाजेको पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
    • नवजात शिशुको बाबु तथा आमा को विवरण
      • नवजात शिशुको बाबु आमाको पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
      • बिस्तृत स्थायी ठेगाना
      • परिचय पत्र नं. / नागरिकता नं.
      • बिदेशी भएमा पासपोर्ट नं. र देशको नाम
      • बिबाह दर्ता नं.
      • बिबाह भएको मिति (वि.सं. तथा ई.सं. दुबैमा)
      • जन्म मिति (वि.सं. तथा ई.सं. दुबैमा)
      • शैक्षिक स्तर, पेशा, धर्म, जातजाति
      • बाबु आमाको सहि छाप (दायाँ तथा बायाँ)

बाबु आमा बाहेक अन्य सूचक भएमा:-

  • पुरा नाम (नेपाली र अंग्रेजी दुबैमा)
  • नवजात शिशु संगको नाता
  • नागरिकता
    • स्वदेशी भएमा
      • नागरिकता प्रमाण पत्र नं. / परिचय पत्र
    • बिदेशी भएमा (नेपाली तथा अंग्रेजी दुबैमा)
      • राहदानी नं. तथा जारी गर्ने देशको नाम
  • फारम भरेको मिति

स्थानीय पन्जाधिकारिले भर्ने:-

  • स्थानीय पन्जाधिकारिको नाम
  • कर्मचारी संकेत नं. / परिचय नं.
  • फारम दर्ता नं. तथा फारम दर्ता मिति
  • परिवारको लगत नं.
  • कार्यालय (गाउँपालिका / वडा नं.)

संलग्न गर्नुपर्ने कागजातहरु:-

  • बाबु वा आमाको नागरिकताको प्रतिलिपि
  • स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिबेदन
  • घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
  • अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयम्लाइ उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
  • बिदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
  • भारतीय भएमा भारतीय नागरिक भनि पहिचान खुल्ने प्रमाण
  • बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

​ढांचा download गर्नको लागि तल रहेको पी.डी.एफ. फाइल मा click गरेर download  गर्न सक्नु हुन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: